सहारा एकेडेमीलाई  सहयोग

पाेखरा | जेठ १, २०८१

सहारा एकेडेमीलाई  सहयोग

पोखरा:  सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई नगद तथा फलफूल सहयोग गरिएको छ । 

 

सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङसहित महासचिव कुमार गुरुङ र क्लब शुभेच्छुक कृष्ण गुरुङसहितको टोलीले एकेडेमी अवलोकन गर्नुका साथै बालकहरुलाई सहयोग गरेको हो ।

 

पोखरा नयाँबजार घर भइ हाल हङकङ निवासी सहारा क्लब हङकङ महासचिव कुमार गुरुङ र घान्द्रुक घर भइ हाल हङकङ निवासी क्लबका शुभेच्छुक कृष्ण गुरुङले नगदसहित फलफूल वितरण गरेका हुन् । 

 

टोलीलाई क्लबका पूर्व अध्यक्ष केशबबहादुर थापाले खादा लगाएर स्वागत गरेका थिए ।

 

कार्यक्रम सञ्चालन एकेडेमी संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले गरेका थिए । उनका अनुसार एकेडेमीको तेस्रो ब्याचमा हाल २३ जना बालक आश्रित छन् । 

 

सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालले क्लब सदैव फुटबलमार्फत निरन्तर सामाजिक सेवामा क्रियाशील रहेको बताउँदै एकेडेमीमा ३० जनासम्म बालकलाई राख्ने लक्ष्य रहेको बताए ।

 

एकेडेमीका बालकलाई निशुल्क आवासीय सुविधासहित शिक्षा र फुटबल सिकाउने गरिएको छ । 
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्